Friday, August 8, 2008

Vollyball Practice-1st Day

भलिबल खेल्दाको एक दृश्य
हाम्रो भलिबल ग्रुपको क्याप्तेन संग एस.के,

थकाई मार्न जान लाग्दाको दृश्य



सरद डायरी । बिहीबार, साउन २३, २०६५

अगस्त २२ गते भलिबल म्याच भयकोले आज भलिबल प्राक्टिस गर्ने कुरा थियो । सोही अनुसार हामीहरु सबै साढ़े पाच बजे जम्मा भयौ । जम्मा हुने समय ५ बजे भने पनी अमेरिकन हरुको पनि नेपाली को जस्तै समय हुदो रहेछ । करीब साधे पाच बजे जम्मा भइयो अनी भलिबल ग्राउन्द तीर लागीयो ।
अनी ग्राउन्द मा पुग्दा ६ बजिसकेको थियो । युनिफोर्म फेरी सबै जना फ़िल्दमा पासियों । निकै तन्तलापुर घाम लागेको थियो । गर्मी र निकै जोसियर खेलेको त एकैछिनमा थकाई लाग्यो । मलाई यस्तो महसूस भयो की मेरो स्तामिना नै रहेनछकी जस्तो लाग्यो । हुन पनि अमेरिका आयपछि एक्सरर्साईज़ नै गरेको छैन । एकैछिन थकाई मार्दै खेल्दै गरे । केहिछिन पछि अर्को अमेरिकन को टीम पनि त्यहा आइपुगे । उनिहरु पनि सधैजसो यहाँ प्राक्टिस गर्दो रहेछन । हामीहरु पनि उनिहरु संगै मिलेर करीब १ घंटा खेलेपछी खेल समाप्त गरि एकैछिन रेस्ट गर्यौ ।
यहाको ग्राउन्द एकदमै ब्यबस्थित र फुटबल, बास्केटबल,भलिबल खेल्ने ठाउको पनि ब्यबस्था रहेछ ।
अब अर्को सुक्रबार मा फेरी प्राक्टिस गर्ने कुरा गरि आज फ़र्कियौ ।

No comments: