Wednesday, September 24, 2008

Alpha for ESOL-2nd

पास्टर जिम संग मित्रहरु फोटो खिचाउदै
बफे डिनरको लाइनमा एस.के मित्रहरुसंग
एस.के जापानी मित्र हिफुमिसंग
जापानी मित्र कावरी र खाना

Photo: Mr.Jim

सरद डायरी । मंगलबार, असोज ७, २०६५

भोलीदेखी मेरो काम ३ दिन छुट्टि भएको र मेरो अफीसका केहि साथीहरुले लस भेगस,ग्रेन्ड क्यानियोन,स्काई वर्कस घुम्न जाने योजना बनाएको हुनाले मैले पनी सामेल हुने जानाकारि गराएको थिए ।
लस भेगस त यो भन्दा पहिला अमेरिका घुम्न आएको बेलामा मेरी मिसेस संग सगै घुम्न गएको भएपनी ग्रेन्ड क्यानियोन भने यो मेरो पहिलो घुमाई भएकोले मलाई कहिले जाउ जस्तो मनमा खुब खुलदुलि लागेको थिए । नलागुस पनि किन ? मित्रहरुले यसको बारेमा बारम्बार तारिफ गर्नु भएको र अमेरिकाको घुम्ने ठाउ मध्ये यो ठाउ बिशेष चर्चित नाम हो ।
आज दिनको १ बजेदेखी यस घुमाईमा सामेल हुने मित्रहरु म लगायत हाम्रो ६ जनाको ग्रुपमा ४ जना महिला र २ जना पुरुषहरुको जमघट हुने सल्लाह भएको थियो । कहा, कसरि के के र भोली कतिबजे कहा भेटेर हिडने भन्ने सल्लाह रहेछ ।
सबै मित्रहरु पुर्ब निर्धारित समय बमोजिम भेटघाट गरि करिब २ घण्टा कुराकानि गरियो ।
भोलि बिहानको ७ बजे भेटने र बसको ३ दिनको ग्रुप टुर भएको हुनाले बस्ने ठाउ देखी,घुम्ने ठाउ,खाने ठाउ को समय लगायतका सबै बिषयसुचीहरुको ब्यबस्थापन भईसकेको रहेछ । हामिलाई सबै कुराको जानाकारि र केहि लिखित कागजात बाडनुका साथै रकम भुत्तानी सहित गर्न लगाईयो ।
रकम केहि महंङ्गो भएपनी करिब ४० प्रतिशत अफीसले बेहोर्ने भएकोले हामिले भने ६० प्रतिशत रकम बुझाएर भोली बिहान भेटने बाचा गर्दै आजलाई बिदाबाजि भईयो ।
बेलुका चाहि मेरो पुर्ब निर्धारित बमोजिम रोजे ड्राईभमा ईएसएल कलास ७ बजेदेखी ९ बजेसम्म हुने भएकोले आज भने एकजना मित्रसंग जाने सल्लाह बमोजिम पौने ७ बजे हिडियो । सधै झै सबैसंग भेटघाट गरि ढोकामा नाम दर्ता गराएर मलाई गत हप्तामा जस्तै नेम कार्ड घाटीमा झुन्ड्याएर १ नंम्बरको टेबलमा बस्न लगाईयो । डिनर खान सुरु गरेपछी कलास करिब १ घण्टा लिएर मित्रसंगै डेरामा फर्किएर हतार हतार भोलि देखी ३ दिनको लागि जाने टुरको तयारिमा जुटे ।

No comments: