Thursday, September 25, 2008

Los Vegas Tour - 1

हामीहरुले प्रयोग गरेको बसको एक झलक हामिहरुको बस गाईद क्यान्दीसंग को एक झलक मित्रहरु बस मा चढेर एक्सन गर्दै
मित्रहरु बस मा चढेर एक्सन गर्दै

सरद डायरी । बुधबार, असोज ८, २०६५

आज हामिहरुको बस टुर कम्पनिको अफिसबाट साधे आठ बजे बस छुटने भएकोले ७ बजे नै जम्मा भएर जाने सल्लाह भएबमोजिम मैले ६ बजेको आलाराम राखेपनी कहा हुदो हो पाचै बजे निन्द्राले छोड्यो । १ घण्टा अगाडि भएपनी फेरि सुतेभने भुसुक्कै निदाईयला भन्ने डरले आँखा मिच्दै उठे । बिस्तारै दात माझ्दै,दाह्रि खौरेर सावर रुममा पसे । नुहाईधुहाई सकेर कफी र ब्रेकफास्ट खादा सम्म पनी जम्मा साधे ६ मात्र भएकोले जापानमा मिसेस लाई फोन गरि एकैछीन कुराकानि गरे । यसो घडि हेरेको त पौने ७ भएको हुनाले बिस्तारै कपडा फेरि लागे मित्रहरुलाई भेट्न । मेरो डेराबाट २ मिनेटको बाटोमा भेटन सल्लाह भएको हुनाले एकैछिनमा पुगेपनी केहि मित्रहरु आउन बाकि भएकोले सबैजना ७ बजे जम्मा भई लागियो टुर अफिस तिर ।
टुर अफीसमा पुग्न पनि आज ट्राफिक नभएकोले करिब पौने घण्टामा पुगेपछी त्यहापनि करिब १ घण्टा कुरियो । साधे ८ बजे बस छुटने भनेपनी हामि त्यहाबाट हिडदा त सवा नौ भएको थियोहोला ।
जेहोस बसले हामि ६ जना लगायत अन्य गरि करिब ६० जना जतिलाई डोर्यायो लस भेगसको टुर तिर । आजको बस गाईड गर्ने महिला भने निकै युनिककि रहिछिन । अलिकति उमेर ढल्केको भएपनी कपडा देखी सबै कुरो पिन्क खुब मन पराउने रहिछिन ,सबै पिन्क कलरमा मिलाएकि थिईन तलदेखि माथिसम्म उनले र नाम रहिछ उनको क्यान्डी । त्यतिमात्र होईन बोलिचालि पनी राम्रो, अत्यन्तै हसिलि र २,३ वटा भाषा बोल्ने निकै एक्टिभ रहिछीन ।
बसमा बसेपछी पहिला सबैको गन्तिगरि हाम्रो ३ दिनको सबै टुरको बारेमा बिस्तृत बिषयबस्तुहरु बताईन् । बस गुडेको करिब साधे २ घण्टापछी आउटलेट(सस्तो सप्पिन्ग सेन्टर) नामक ठाउमा बस रोकि ठिक १ घण्टा पछी बसमै सबैलाई आउन अनुरोध गरिन । यहा बिभिन्न किसिमको ब्रान्डहरुको सामानहरु धेरै सस्तो रकममा बेचिने र हामिसबैलाई भिआईपी नामक स्तिकर बाडदै उत्त स्तिकरले करिब ३० देखी ५० प्रशेन्त सस्तोमा किन्न पाईने कुरा जनाईन ।
अधिकांश मानिसहरुले खुबै धेरै सामान रमाउदै किने । पछी पो थाहा भयो कि कतिपय मानिसहरु त यहि सप्पिन्ग को लागि पनि टुरमा आउदा रहेछन ।
जेहोस गाडिले करिब ४ बजेतिर लसभेगस रिभेरा नामक हाम्रो होटेलमा पुर्यायो । होटेल को चेक ईन गरि एकैछिन आराम गरेर सावर लिई ५ बजे बाट बाहिर निक्लने कुरा भयो हामि सबैको।
५ बजे जम्मा भई सिटि बस बाट लसभेगसको बेलुकाको घुमाई गर्ने मित्रहरुले मनसाय बनाएको हुनाले बस स्टपमा गईयो । हाम्रो होटलकै अगाडी रहेछ र ५ डलरको टिकटले भोलिको ५ बजे सम्म प्रयोग गर्न मिल्ने रहेछ । त्यहि बस टिकट किनेर फेरि लागियो लसभेगस प्रिमिनियम आउटलेटमा । यो ठाउ लसभेगसको सप्पिन्ग कम्प्रेल्क मध्ये १ नंम्बरमा पर्दो रहेछ । केहि सप्पिन्ग गरेपछी डिनरको लागि पसियो एउटा रेष्टुरेन्टमा । उत्त ठाउमा ६,७ देशको खाना बेच्दो रहेछन । आफुलाई जहाको मन पर्छ त्यहिको किनेर एकै ठाउमा खाने ठुलो हल पुर्ण ब्यबस्थित रहेछ । हामिले आ-आफुलाई मन परेको खाने कुरा किनेर त्यहि हलमा खाईयो ।
अनि हामि आजको बिशेष सो हेर्नेको लागि फेरि अर्को बस चढेर लागियो दाउनटाउनको बिशेष सो हेर्नकोलागि ।
डाउनटाउनको फ्रिमोन्ट स्ट्रेटमा ४५० मिटरको लम्बाईको आर्केट र त्यसको उचाई ३० मिटर रहेछ त्यो आर्केटमा (माथिको दलिनको भागमा) १० बजे देखी सम्पुर्ण सिटि नै झल्किने गरि बिजुलिको कलरिन्ग र बिभिन्न सो देखाईदो रहेछ । हामिले नन स्तप उत्त सो हेर्यो । यति राम्रो र साउनिन्ग सिस्तम राम्रो भएकोले होला यति रमाईलो भयो कि भनि साध्य छैन ।
यो सो हेरेर सक्दा त ११ बजिसकेको र मित्रहरु थाकेको हुनाले लागियो होटेल तिर ।

FREMONT ST_Video clip1 (फ्रेमोन्ट स्ट्रेट को अर्केट मा देखाईने लाइटिंगको एक झलक)

No comments: