Wednesday, September 3, 2008

Mt.Everest Kitchen ,Allston Boston

साईनबोर्डको एक झलक तन्डुर सहित किचनको झलक बफे सेटको एक झलक
गेष्ठहल, भित्रीभागको एक झलक
किचनको ग्यास चुलातिरको एक झलक

सरद डायरी ।  सोमबार, भाद्र १४, २०६५

दाईको रेष्टुरेन्ट, बोस्तनको ब्रिगतोन एभेन्युको अलस्तोन भन्ने निकै सेन्टर ठाउमा पर्दछ । तर यो एरियामा धेरै एसनिक्क खानाको रेष्टुरेन्ट भएकोले सबैसंग प्रतिस्प्रधा गर्न भने त्यति सजिलो पक्कै छैन जस्तो लाग्यो । दाया पट्टि जोदिएको ईन्डियन रेष्टुरेन्ट र बाया पट्टि थाई रेष्टुरेन्ट भएपनि तिनिहरु भन्दा धेरै स्तरिय थियो दाईको रेष्टुरेन्ट ।
दाईको रेष्टुरेन्ट करिब ३५ सिटको भएपनी बाहिरको साईनबोर्ड देखि भित्रको सजिसजावट,बत्तिको आकार, भित्ताको रङ,टेबल कुर्चिको बनावट र सेटिङहरु राम्रो म्याच गरेको थियो ।
हामिहरुको नेपाली खानाको रेष्टुरेन्ट भनेपनी सबै ईन्डियन मेनु हुने भएपनि दाईको रेष्टुरेन्टको (माउन्ट एभरेष्ट किचन)मेनु भने केहि फरक थियो । केहि ठेट नेपाली डालभाट लगायत केहि तिबितियन मेनु संग मिल्दो जुल्दो थियो । ईन्डियन भनेको त नान मात्र नै होला ।
रेष्टुरेन्ट संचालन पनि सबै आफ्नै परिवारले काम गर्ने हुदा सर्भिस र खाना चाहि सधै एउटै टेष्ट को साथै राम्रो हुदो रहेछ । किचनको सेफ छोरि अनि हलमा चाहि छोरा(डेलिभरि सहित) र ज्वाईले काम गर्ने रहेछन । दाई र भाउज्युले चाहि सबै सामानहरु जुटाईदिने र कहिले काहि आबश्यक सहयोग गर्नुहुदो रहेछ ।
रेष्टुरेन्ट मा शनिबार र आईतबार मात्र बिहानको लन्च बफे सेल भएपनि त्यस बाहेकको समय मा भने सबै मेनु अनुसार नै बिक्रिबितरण हुदो रहेछ ।
जेहोस उहाहरुको सफलताको कामना गर्दछु।।।

No comments: