Tuesday, September 2, 2008

Boston Travel-2

डन्किडोनट्को कफी समातेर बस कुर्दै
ताजा खसिको मासुको पोको, रेष्टुरेन्ट तिर लग्दै
नरसिङ्ग ट्वाक संगै गफगाफमा जम्दै
सामुहिक लन्च लिदै
दाल र ढेडो ओराल्दै गर्दाको झलक

सरद डायरी ।  आईतबार, भाद्र १५, २०६५

मामाको पनी आज आईतबार छुट्टी भएकोले हामिहरु बिहानै उठी चिया पिईओरि लागियो सप्पिङको लागी बास्केट मार्केट तिर । कोठाको नजिकै डन्किडोनट फास्टफुड रहेछ , कफी पिउने कुरा भएअनुसार पसि मैले कफी र ब्रेड लिए । मामा र सोल्टीले कफी मात्र लिनु भयो । सबैले कफी पिउदै लागियो बास्केट मार्केट सप्पिंङ सेन्टर को बस स्तप तिर । बस चढी लागेको त अर्को स्तपमा एकजना नेपाली मित्रसंग भेट भयो उहालाई मामाले चीन्नु भएको रहेछ । एकैछीन चिनजान गरि गफगाफ गरियो अनि उहा अर्को स्टेसन ओर्लिनु भयो र हामिचाहि उत्त मार्केट सम्म गयौ ।
बास्केट मार्केटमा पुगेपछी सरसामान किनिओरि फर्किने बेलामा जापान बाट मामाको छोराको फोन आएको हुनाले कुराकानि गर्यो त्यहिबेलामै दाईले पनि मासु काटेर लिई हामिलाई संगै लिएर जाने बिचार गरेर मामालाई फोन गर्नु भएको रहेछ । मामाको फोन नलागेपछी मलाई र सोल्टीलाई पनि फोन गर्नु भएको रहेछ । तर हामि सबैलाई सम्पर्क नभएपछी अन्तमा फेरि मामाको फोनमा फोन आएपछी मात्र सम्पर्क भयो ।
अनि भेटघाट गरि लागियो दाईको रेष्टुरेन्ट तिर । रेष्टुरेन्ट मा एकजना हाम्रै बाजे आएर खाना खादै हुदो रहेछ । उहासंग पनि कुराकानि गर्दै लन्च खान तिर लागियो । दाईले काटेर लिएको फ्रेस मासुको भुटुवा र बियरको चुस्कि मार्दा ५ बजेको त पत्तो नै पाईएनछ ।

खानाखाईओरि एकैछीन आराम गरेपछी लागियो मामाको डेरातिर ।
आज बेलुका मामाले नै स्पेसल खाना बनाएर खुवाउने कुरा भएअनुसार मामाले डाल,भाट, मासु र ढेडो बनाउने सल्लाह भयो । खाना बनाउदै गर्ने बेलामा मामाको अर्को रुम मेट बहिनिले
पनी जापानिज सुसि लिएर आउनु भयो । उहा जापानिज रेष्टुरेन्टमा सेफ काम गर्नुहुदो रहेछ । मैले त्यहि सुसि र केहि फलफुल खादै भात पाक्न सम्म पर्खेर बसे ।
रुम मेट बहिनि ले पनि मामालाई भात पकाउन सहयोग गरिन र ढेडो पनि तिनै बहिनिले ओरालिन ।
सबै बसेर खाना खाईयो । करिब ९ बजिसकेको रहेछ । नेपाल तिर फोन गरेर कुरा गर्दै थियौ ,मलाई एकदमै माया गर्ने दिदिले फोन गरि आज यत्तै बस्ने गरि आउन भनि फोन गर्नुभयो ।
दिदिसंग म नेपालमा हुदा पनि संगै बसेको र मेरो एकदमै आत्मिय मित्रता भएकोले दिदि भएकोले कुराकानि गर्न बोलाउनु भएको रहेछ ।
म दश बजे तिर हिदी दिदि कहा साधे एघार तिर पुगे । मैले खाना खाईसकेको हुनाले लागियो कुराकानि गर्न । दिदिले हाम्रो पहिलाको नेपालको कुरा देखी अमेरिकाको कहानि सम्म सुनाउनु भयो । पत्तो नपाईकन बिहानको तिन बजिसकेको रहेछ । मलाई झुपुझुपु निन्द्रा लागेपछी मात्र थाहा पाउनु भयो दिदिले अब सुत्ने बेला भयो भनि । मलाई बिदागरि दिदि माथि तलामा सुत्न जानु भयो र म लिबिङ रुममै सुते ।
भोली बिहान दिदिलाई छिटै निन्द्राले छोडेछ । मलाई भने निन्द्रा लागिराखेकोले केहि बेर सुते ।
दिदिले चिया,पाउरोटी तयार पारेपछी म उठि मुख धोईओरि लागियो संगै ब्रेकफास्त खान । अनि दिदिले फेरि लन्च पनी केहि छिनमै तयार गरि करिब एक बजे तिर लन्च लिईयो ।
दिदिको आज तिन बजे देखी काम भएकोले दुई बजेतिर डेराबाट निक्लिएर मलाई दाईको रेष्टुरेन्टमा छोडिदिनुभयो पछी भेटने बाचा गर्दै ।

No comments: