Friday, September 12, 2008

September 11 Memories

बिश्च ब्यापार केन्द्रको हमला गर्नु भन्दा १ दिन अघि मात्र म तुप्पोमा चढेको टिकेट हो यो
हमलाको एकदिन पछी बोस्टनमा कीनेको १ दिने बस,ट्रेनको पास
कहालीलाग्दो हमलाको एक दृष्य दिवंगत भएका आफन्तको संझनामा पुष्प गुच्चा अर्पण गर्दै
भिषण हमलाको एक दृष्य


सरद डायरी ।  बिहिबार, भाद्र २६, २०६५

आज सेप्टेम्बर ११ को दिन र म हाल अमेरिकामा नै भएको हुनाले केहि कुरा लेख्न मन लाग्यो । हेर्दाहेर्दै सेप्टेम्बर ११ को घटना घटेको पनी आठौ बर्षमा टेकेछ । आतंकबादले संसारलाई नै थर्कामान पार्नेगरि गरेको अमेरिकाको बिश्च ब्यापार केन्द्रको हमला थियो त्यो ।
उत्त दिन मेरो लागि पनी बिशेष अबिष्मरणीयको दिन थियो । म उत्त दिन बोस्तनहुनुहुने दिदिको घरमा सुतिरहेको थिए । हिजो मात्र न्युयोर्क देखी बोस्तनमा आएको र दिदिलाई धेरै बर्षको अन्तरालमा भेटेको हुनाले गएराती दिदि संग लामो भलाकुसारि गरेकोले ढीलो समयमा बेडमा गएको थिए । बिहान म मस्त निदाएको बेलामा जापान बाट को टेलीफोनको घण्टीले मेरो आँखा खुल्यो । कस्ले गरेको होला फोन एकाबिहानै भन्दै फोन उठाएको त जापानको मित्रले कुरा थालनी गर्नुभयो उत्त घटनाको बारेमा । तर मलाई केहि अत्तोपत्तो भएन मित्रले के को बारेमा कुरा गर्नुभएको । टिबि खोलेपछी मात्र थाहा पाए गाठी कुरो के रहेछ भन्ने कुरो ।
अनि बाहिर बाटोमा हेरेको त प्रहरि,मिलिटरि र बिशेष ताक्सपफोर्स हरु छ्यापछ्याप्ति देखिन्थे भने बिभिन्न थरिका साईलेन्स बजाउदै थरि थरिका गाडीहरु सडक मा गुडिरहेको थियो । आकाशमा पनी बिशेष किसिमको प्लेनहरु चक्कर लगाईरहेको थियो ।
फेरि कोठा बित्र पोसेर टिबि हेरेको त अमेरिकन राष्ट्रपतिले बिशेष ब्यक्तब्य निकालेर आपतकालिन छेन भनि अमेरिका बन्द भनेर घोषणा गरे । होल अमेरिकामा सम्पुर्ण कुरा ठप्प भयो । मलाई हिजो र आजको फरक अमेरिकाको परिस्थिती देख्दा मलाई अचम्म त लाग्ने नै भयो तर त्यो भन्दा पनि अब के हुने हो भनि चिन्ता पनि लाग्यो ।
हिजो छाडि अस्ति मात्र (२ दिन अगाडी) म बिश्च ब्यापार केन्द्र (तुईन्स तावर) मा १३.५० डलर तिरेर माथि तुप्पो सम्म चढी रमाउदै फोटो खिचेको त्यो छेन संम्झे ।
आज टेलिभिजनमा आतंकबादले गरेको हमलाको दृष्य हेर्दा म सपना मा त होईन जस्तो लाग्यो । मनमनमा सोचे यो घटना अस्ति भएको भए वा म आज बोस्तन नआई न्युयोर्कमा भएको भए भन्दै अनेक थरी सोच्दा मलाई डर पनी लाग्यो ।
जे होस म अस्ति मात्र टुप्पो सम्म चढेको बिश्च ब्यापार केन्द्र (तुईन्स तावर) आजदेखी नहुदा ज्यादै दुख लागेको छ । बाईबाई तुईन्स तावर तिमीलाई ।।।

No comments: