Friday, September 5, 2008

Uncle's Aparment

मामाको घरको बाहिरिको भाग
भाडा माज्ने ठाउ
ग्याँस चुलो र डाईनिङ्ग तेबल रेफ्रिजेरेटर र किचन बोर्ड
मामाको कोठामा ओर्लिने खुडकिला ओर्लिने खुडकिला अर्को साईडबाट खिचेको
टिबी,देग र दराजहरु
सुत्ने ठाऊ (डबल बेड)


सरद डायरी ।  बिहिबार, भाद्र १९, २०६५

मामाको कोठा, अन्डर गराउनको भित्र पट्टी रहेछ । मामाको कोठामा म यो भन्दा पहिला आएपनी यसपालि भने केहि दिन बस्ने गरेको हुनाले मलाई ठ्याक्कै म हाईस्कुल पढ्दा बसेको हाम्रो नेपालको ठमेल को डेराको संम्झना आयो ।
बाहिरको बनावट अमेरिका घर जस्तो देखीएपनी भित्रभने दुरुस्तै नेपालको(ठमेलतिर)घरको बनावट थियो । सागुरो कोठा, सानो बाटो, अनि अध्यारो भएपनी बोस्तनको मेन शहर (सेन्ट्रल स्टेशन) मा भएकोले साह्रै सजिलो ठाऊ रहेछ । संयोगबस भनौ वा अनी खुशीको कुरा त यो घरको घर धनी पनी तिबितियन रहेछन कोठा लिने प्रोशेस सजिलो र सस्तो भएको हुनाले मामा आएदेखी नै यहि कोठा मै बस्दै आउनु भएको रहेछ ।
साथै मामाको कोठा बाट काम सम्म हिदेर गएपनी १५ मिनेटको बाटो,ट्रेन वा बस बाट गए पनी जम्मा एक स्टेशन भएकोले ज्यादै पाई पर्ने ठाउ रहेछ । चार कोठाको एउटै किचेन र त्वाईलेट,बाथरुम भने कमन रहेछ । म गएको बेलामै मामाको छोरा(मेरो सोल्टी) पर्ने मेरो आफन्त पनि हुनु भएकोले ज्यादै रमाईलो भयो ।

No comments: