Tuesday, September 23, 2008

State of California DMV

दिएमभीको साईंनं बोर्ड
फ़ुल्लेर्तोनको दिएमभीको एक झलक


सरद डायरी । सोमबार, असोज ६, २०६५

म मेरो आफ्नै ब्यत्तिगत बिबिध कारणले गर्दा दुई महिना पछी क्यालिफोर्निया छोड्ने बिचार गरेको छु । मैले आज भन्दा ३ महिना अगाडि नै डिएमभी (डेपार्टमेन्ट अफ मोटोर भेईकल) को रिटर्न टेष्ट (सवारि लिखित परिछ्या) पास गरिसकेको, ड्राईभिन्ग टेष्ट मात्र दिन बाकि भएको हुनाले मैले यहा बस्ने बेलैमै क्यालिफोर्नियाको लाईसेन्स लिने बिचार गरेको हो । हुन त म संग अन्तराष्ट्रिय ड्राईभिन्ग लाईसेन्स पनि भएको र १ बर्षको अबधीभर उत्त लाईसेन्सले सवारि साधन चलाउन पाउने भएपनी अमेरिकाकै लाईसेन्स लिन ईच्छुक थिए । फेरि अमेरिकाको लाईसेन्स लिन पहिला लिखीत परिछ्या (३६ वटा प्रश्नमा २८ वटा मिलाए हुने) र पास गरेपछी ड्राईभिन्ग परिछ्या (१५ मिनेट ईन्सटंक्चर संगै मोटोर बाटोमा कुदाउने‌) पनि त्यति गाह्रो पनि नभएको कुरा मित्रहरुले सुनाउनु भएकोले एकचोटि अनुभब गर्ने पनी बिचार थियो मेरो ।
ड्राईबिन्ग टेष्टको लागि अनलाईन अपोईमेन्ट लिन सकिने प्राबधान छ भनेता पनि अहिले केहि समयको लागि अनलाईन बाट काम नहुने जानाकारि पाए । टेलिफोन गरेको त करिब १ महिना पछाडि मात्र खालि भएको जानाकारि गराएको हुनाले म एकचोटी डिएमभि मै जाने बिचार गरे ।
ठ्याकै अर्को मित्रको पनि नाम मिलाउनु पर्ने र रिटर्न टेष्ट (सवारि लिखित परिछ्या) को लागि जाने कुरा जनाएको हुनाले आज संगै जाने सल्लाह भयो । बिहानको ९ बजे भेटेर जाने सल्लाह भएबमोजिम मित्र संग भेट गरि लागियो डिएमभि तिर । केहि समय मै पुगेपछी हामि दर्ता गर्ने लाईनमा उभियौ । मेरो पालो आएपछी मलाई १ नंम्बरको काउन्टरमा जान अनुरोध गरियो । म मित्रलाई १ नंम्बरको काउन्टरमा जादै छु भन्ने कुरा सुनाएर म लागे १ नंम्बरको काउन्टरमा । ५ मिनेट मै मेरो २ हप्तापछीको अपोईटमेन्ट लिने काम सकियो । बास्तव मा यदि मेरो समय मिलेको भए अर्को हप्ता पनि खालि थियो । मेरो अफीसको समय मिलाउनु पर्ने भएकोले २ हप्ता पछिको मिलाए । जेहोस सिधै डिएमभि अफिसमा आएको पनी कामै लाग्यो । किनभने टेलिफोन मा त १ महिना अगाडि त खालि नै छैन भनेका थिए ।
मेरो काम ५ मिनेटमै सकिएपनी मित्रको काम भने ३ घण्टा नै लाग्यो । उहाको यो भन्दा पहिला नाम दर्ता गर्दा एउटा स्पेलिन्ग फरक परेको रहेछ । उत्त कुरा सच्याउन मात्र २ पटक फोटो खिच्नु पर्ने , आईडी को लागि दर्ता, अनि अन्तमा रिर्टन टेष्ट (सवारि लिखित परिछ्या) दिदा त ठ्याक्कै ३ घण्टा लागेछ ।
सबभन्दा खुशिको कुरा त मित्रले पनी एकैचोटिमा रिर्टन टेष्ट पास गर्नुभएछ । सबै काम सकिओरि फर्किदा त साधे १२ बजे बजिसकेको रहेछ ।

No comments: