Wednesday, September 3, 2008

Boston Travel-3

स्याबुजेनको बाहिरबाटको एक झलक (जापानी रेष्टुरेन्ट)
रेष्टुरेन्टमा तेबलको पालो कुर्दै गर्दाको एक झलक
अत्यास मान्दै रेष्टुरेन्टमा पालो कुर्दै भोकमा स्याबुस्याबु संग रमाउदै
अमेरिकामा जापानिज स्याबुस्याबुको एक झलक

स्याबुस्याबु मा रमाउदै एस,के र मित्र



सरद डायरी ।  मंगलबार, भाद्र १७, २०६५

मेरो आज एकजना मित्रलाई बिहानै भेटन जान पर्ने काम भएकोले मामाको डेराबाट चिया पिएर हिडे । सेन्ट्रल स्टेशन बाट रेड लाईन समातेर लागे पार्क स्ट्रेट तिर । ४ स्टेशन मै गन्ट्यब्य स्थान तिर पुगे । मित्र पनी समय मै आएर बस्नु भएको रहेछ । भेटघाट गरि कफी र पाउरोटिहरु खाईओरि करिब २ घण्टा जस्तो भलाकुसारि गरि लागे म आफ्नोबाटो तिर । मित्रको पनी काम छ भनि लाग्नु भयो ।
मलाई फेरि अर्को एक ठाउमा जानु पर्ने भएकोले बाटो खोज्दै फेरि रेड लाईन नै समातेर अर्को स्टेशन डाउन टाउन भन्ने ठाउमा ओरेन्जि लाईन मा चढेर फरेष्ट हिल भन्ने ठाउमा पुगे । त्यहाबाट पनि कम्प्युटर लाईन अथवा बस समातेर जानु पर्दो रहेछ । जे होस फरेष्ट हिलमा पुगेपछी बस पाएकोले तुरुन्तै बस चढेर लागे मेरो जानुपर्ने ठाऊमा ।
बस चढेर करिब १५ मिनेटमै मेरो आज काम भएको ठाउमा पुगेपछी करिब १ घण्टामै सबै काम सकिओरि फर्किने बेलामा मामा ले फोन गर्नु भयो । मामाले खाना के कसो भयो साथै मामाकै रेष्टुरेन्टमा आउन भन्नुभयो । म मामाकै रेष्टरेन्ट हुने थलो हार्बड स्कोएर तिर लागे । अनि मेरो सालाले पनि फोन गरि कहा हो भनि सोधेको र उनिहरुको पनी छुट्टी भएकोले मलाई घुमाउन लग्ने कुरा गरे । त्यसकारण उनिहरुलाई पनि मामाकै रेष्टुरेन्टमा आउन भनि भने ।
म जानु भन्दा पहिला नै सालाको बुढी सहित उनिहरु आईबसिसकेका रहेछन । म केहि ढिला गरि गएपछी एकैछिन कुराकानि गरि मैले हल्का नास्ता लिई लागियो घुम्नको लागी ।
सबओए प्रयोग गरेर बिशेष ठाउतिर गईयो । निकै चहलपहल सहित रमाईलो र ठुला ठुला घर हरु भएको शहर रहेछ । करिब पैदल यात्रा डेढ घण्टा गरेपछि सालाहरुको मित्रहरु संग जापानिज खाना खान लागियो चाईना ताउन तिर । रेष्टुरेन्ट निकै ब्यस्त भएकोले केहि समय कुरि खाईयो जापानिज स्याबुस्याबु ढीत मर्ने गरि । डेरामा फर्किदा त पौने बाह्र बजिसकेछ ।

No comments: