Wednesday, September 10, 2008

Sanfrancisco,Santa Ana & My Room.


सनफ्रान्सिस्को एअरपोर्टको एक झलक
सनफ्रान्सिस्को एअरपोर्टको ट्रान्जिट एरियाको झलक
सान्ताआना एअरपोर्टमा ओर्लदाको झलक

सरद डायरी ।  सोमबार, भाद्र २३, २०६५

आज मेरो बोस्तन बस्ने अन्तिम दिन त्यसमाथी पनी मलाई मेरो आफन्तहरु संग छुट्टिन पर्ने भएकोले ज्यादै नरमाईलो लागेको थियो । तर के गर्नु मेरो काम क्यालिफोर्नियामा भएको ले जसरि भएपनि फर्किन त पर्ने नै थियो ।
मेरो पुर्बनिर्धारित बमोजिम फर्किने टिकट आज बिहानको ६ बजे सनफ्रार्न्सिस्को सम्म करिब ७ घण्टा लगाएर उड्नु थियो । त्यति मात्र होईन सनफ्रान्सिस्को बाट फेरि लसएन्जेलेस को सान्टा आना एअरपोर्टसम्म करिब डेढ लगाएर उडेपछी मात्र मेरो गन्तब्य स्थलमा पुगिन्थ्यो ।
हुन पनी म बस्ने क्यालिफोर्निया ठ्याक्कै पश्चिम र बोस्तन पुर्बको कुनामा पर्दछ । बोस्तन र क्यालिफोर्निया को बिच ठक्रकै ३ घण्टाको फरक छ । एउटै अमेरिका भने पनी धेरै ठुलो ठाऊ, प्रत्येक स्टेटको आ-आफ्नै नियम कानुन र बिभिन्न कुरा फरक छ ।
जे होस समय मै पुगे मेरो डेरामा । दुखको कुरा मेरो रुम मेटका परिवार मित्रहरू कोठा सरिसक्नु भएको रहेछ । सबैकुराको जानाकारि त पहिल्यै नै दिनु भएको थियो तर कोठा भित्र छिर्न बित्तिकै अचम्म सुन्य लाग्यो । तेत्रो ठुलो २ बेदको रुम, किचन,डाईनिङ,लिबिङ रुममा आजबाट म एक्लै बस्दै छू । सबभन्दा मलाई अप्ठ्यारो परेको त खानाको लागि हो भनि झंस्सङ्ग सम्झे ।
रुममेट भाउज्युले सधैजसो जहा गएपनी समय मै डेरामा आई पकाएर सबैले संगै खान्थ्यो । करिब ४ महिना संगै एउटै परिवारको रुपमा बसेका थियौ । तर आज देखी भने म एक्लै खानुपर्ने बाध्यता आई पर्यो । फेरि अर्को समस्या मलाई पकाउन नआउने हुनाले पनी बलबल उहाहरुलाई खोजेर संगै बसेको,झन यस्तो समस्या आईपर्यो । तर मनुष्य बाचुन्जेल समस्यै समस्या झेलेर अगि बढनु पर्छ भन्ने अर्ति मनमा लिएर खाना पकाउन लागे ।
भात पकाउन राईस कुकुरमा १ ट्वाक चामल हालि बसाले । अनि तिउन चाहि कुखुराको मासु मा बन्दा गोबि मिसाएर १ थरि मात्र पकाउने बिचार गरि काटकुट गर्न लागे । हेरौ अमेरिकाको पहिलो कुकिन्गको टेष्ट कस्तो हुन्छ ?

मेरो डेराको सुन्य किचन

रुम मेट मित्रले डेरा छोडेपछी खालि भएको लिबिङ्ग रुम

म एक्लै खाना खाने डाईनिङ टेबल

मेरो आजको लन्च

आजको मेरो तरकारि पाक्दै गर्दाको एक झलक

No comments: