Saturday, September 13, 2008

Los Angeles & Hollywood

सेमिनार भएको बिल्डिंग बिभिन्न भुषामा सजिएका क्यारेक्टर (हलिउदमा)
मित्रहरु संग चिप्स खादै थाई ताउन को एक झलकमित्रहरुसंग सामूहिक फोटो

बिभिन्न भुषामा सजिएका क्यारेक्टर (हलिउदमा)



सरद डायरी ।  शुक्रबार, भाद्र २७, २०६५

सधै झै शुक्रबारको दिन मेरो काम बिहान ३,४ घण्टा गरेपछी सकिने हुनाले आज एल ए (लस एन्जलस डाउनताउन) तिर घुम्न जाने सल्लाह भएको थियो मित्रहरुसंग । हुन त म यो भन्दा पहिला पनी एल ए मा ३,४ पटक त गईसकेको थिए । मेरो काम र डेरा भएको फुलर्तन (ओरेन्जि काउन्ति) बाट एल ए हुदै दछीन तिर लाग्यो भने हलिउड,बेबारिहिल्ज,युनिभर्सल स्टुडियो मा पुगिन्छ । हलिउड, बेबारिहिल्ज र युनिभर्सल स्टुडियो जादा बिचमा डाउन ताउन काटेर गएको हिसाब गर्ने हो भने त करिब आधा दर्जन भन्दा बढी नै गएहोला ।
तर केहि मित्रहरु नगएको र एल ए मै आज अमेरिकामा बस्ने बिदेशीहरुको लागि अमेरिकाको बिभिन्न बिषयमा बिग्यहरु द्रारा सेमिनार जस्तो कार्यक्रम पनी हुनेहुनाले उत्त कार्यक्रममा पनि यसो पस्ने भन्ने हिसाब ले संगै जाने कुरा भयो । फेरि एल ए पुग्न यदि त्राफिक नभएमा सवा घण्टाको बाटो भनि लागियो कामसकिओरि एघार तिर फ्रिओएतिर। तर आज शुक्रबार भएको र समय पनि दिउसो भएकोले त्राफिकमा पर्दा करिब दुई घण्टामा पुगियो ।
पहिला सेमिनार हुने ठाउमा छिरियो,निकै भब्य ठुलो बिल्डिंङ्गमा पुर्ण ब्यबस्थाका साथ कार्यक्रम गरिएको भएपनी खासै उपयुत्त बिषय भने नलागेको हुनाले करिब पौने घण्टा बसेर निक्लियौ । उत्त सेमिनार हुने ठाउमा ब्रेड,डोनट,केक,फलफुल, चिया,कफी लगायतका खाने कुरा पनी राखिएको र हामिसबै निकै भोकाएको हुनाले हामिले खानतिर बढी समय लगाईयौ ।पेट तन्न भरेपछी एल ए को डाउनताउनमा निक्लियौ । एल एको सिटि हल,लिटल टोक्यो,युनियन स्टेसन,कोरियन ताउन,थाई ताउन घुमिओरि फर्किने भन्ने बेलामा २,३ जना साथीहरुले हलिउड पनि जाने भन्ने प्रस्ताब राख्नुभयो । उहाहरु अझैसम्म हलिउड नजानुभएको र एल ए बाट १५ मिनेट मोटर कुदाएपछी पुगिने ठाउ भएकोले सबै जाने सहमति भयौ ।
म त पहिल्यै गएको हुनाले सबै कुरा थाहा थियो । हलिउड भने पनि त्यहा खासै बिशेष घुम्ने ठाउ लगायत का कुरा त केहि छैन । पहाडको भित्तामा हलिउड भनेर लेखेको साईन, हलिउड हाईल्याण्ड भन्ने ठाउको अगाडी बिभिन्न फिल्मको नक्कल गरि उस्तै पहिरन गरेर बसेको क्यारेक्टर र हालिउड सिटिको बाटोमा चाहि टिबिस्टार,फिल्मस्टार,गायककार,नाटककार अनि बिभिन्ने छेत्रमा प्रचलित ब्यत्तित्वको तारा चिन्हमा करिब २५०० सय भन्दा बढी नाम लेखियको तारा जताततै को बाटोमा देख्न सकिन्छ । आजको घुमाई सकेर फर्किने भनि घडी हेरेको त साधे चार बजिसकेको रहेछ ।
अनि लागियो फेरि फ्रिओए तिर मोटर कुदाउदै ।

No comments: