Sunday, September 14, 2008

Rose Drive Friends Church-2

रोजे ड्राइव को म्याप पास्टर जिम ले महिला लाई केहि प्रश्न गर्दै
कार्यक्रम स्थल मा राखिएका ब्रुस्लेटहरु गीत गाउदै कलाकारहरु
यस् चर्जमा भएको सर्भिस को जानकारी पम्प्लेट
उपस्थिति पाहुनाको एक झलक
टी एन्ड कफी बारको एक झलक



सरद डायरी ।  शनिबार, भाद्र २८, २०६५

आज शनिबारको दिन मेरो बिदा भएता पनि बिशेष कुनै प्रोग्राम नभएकोले दिनभरि डेरामै बसेर करिब ३ बजे तिर क्यालस्टेट युनिभर्सिटीको पुस्तकालयमा इन्टरनेट चलाउनको लागि जाने निधो गरि साईकल चढी लागे । तर पुस्तकालय आज ५ बजे सम्म मात्र खोल्ने दिन भएकोले साधे चार बजे नै पाच बजे बन्द हुने सुचना माईकिङ्ग भयो ।
म साधे चार बजे माईकिङ्ग हुने बेलामै निक्लिएर एकजना साथिलाई सम्पर्क गरेको त उहाले आज बेलुका को ६ बजे देखि रोजे फ्रेन्ड चर्जमा कार्यक्रम छ आउन भन्नुभयो । मेरो डेरा देखी उत्त ठाउ करिब साईकल बाट २० मिनेटमा पुगिने ठाऊ भएकोले म पुस्तकालय बाट फर्केपछी जाने कार्यक्रम बनाए । कोठामा पसि नास्ता खाईओरि,कपडा फेरेर लागे रोजे फ्रेन्ड चर्जमा । मित्रहरु आईसक्नु भएको रहेछ । म पुग्नु अगाड़ी नै कार्यक्रम सुरु भएको रहेछ । सधै झै कार्यक्रम को थालनी पास्टर ले यम् सी गरी सुरुआत गर्नु भयो र बिच बिचमा कंसर्ट गीत सुनाउने कार्यक्रम पनी रहेछ । पास्टर ले लामो कथा जस्तो भनेपछि कार्यक्रम अन्त भयो । अन्तमा सबै आगन्तुक पाउनालाई हल्का बिस्कुट,पानि,ज्यूस,कफी र चिया को बेबस्था पनी रहेछ । मित्रहरुसंग संगै गफ़ गर्दै बिस्कुट र कफी पीइओरी बिदाबाजी भई साइकल चढेर लागे देरातिर । देरामा पुग्दा त साधे आठ बजिसकेको रहेछ । अनि सोच्न थाले आजको डिनर के पकाउने भनेर ?


कार्यक्रम को केहि झलक (भिडियो क्लिपमा)

No comments: