Saturday, September 6, 2008

Hey Market in Boston

भाउज्युले किन्नु भएको सरसामान दाईले लोड गर्दै
हेम मार्केटको घुईचो
भाउज्युले फलफुल किन्दै
अर्को दाजु पनि हेम मार्केटमा सपिङ गर्दै


सरद डायरी । शुक्रबार, भाद्र २०, २०६५

दाईले आज सांधे एघार बजे तिर फोन गरि मलाई तुरुन्त तयार हुन भन्नुभयो । उहाले मलाई ५,७ मिनेट मै मामाको डेरा सम्म लिन आउने कुरा जनाउनुभयो ।
प्राय जसो म बोस्तन आएदेखी उहाकै रेष्टुरेन्टमा लन्च र दिनरको ब्यबस्थापन सहित मलाई लिन र छाडने गर्नुभएको छ । दाईले छोरिको बिहेको निमित्त अस्ति देखी एक हप्ताको छूट्टी मिलाउनु भएको रहेछ तर उहा धेरै नै बिजि हुनुहुदो रहेछ । मेरो मामाको बिहानै देखी बेलुका एघार बजे सम्म काम हुने हुनाले पनी उहाको एकदिन छुट्टी दिन बाहेक उहासंग संगै हुन सक्दिन । म बोस्तनमा आएको भोलीपटकको दिन मा संगै घुमघाम गरियो । अब भने एकैचोटी एकहप्ता पछीको आईतबारलाई कुर्नु पर्ने हुन्छ । त्यसो भएको हुनाले पनी म सधै जसो दाईकै रेष्टुरेन्टमा दिन बिताउने गरेको छू ।
जे होस दाईको रेष्टुरेन्ट मा पसेर कफी पिईओरि दाईको छोरासंग लागे प्रिन्ट सेन्टर तिर ।
पर्सिको बिवाह पार्टिको लागि तुल अर्डरको लागि, तर समय साह्रै कम भएकोले बनाउनको लागी एक्स्ट्रा चार्ज तिनगुना बढी लाग्ने कुरा बताएको हुनाले अर्डर नगरिकन फर्कियौ ।
एकैछीन आराम गरि खानाको डेलिभरि सहित सपिंङ्गको लागी लागियो बजार तिर ।
करिब १५ मिनेट मोटर कुदाएपछी खानाको डेलिभरि गर्ने ठाउमा पुगियो । खाना पर्खेर बस्नु भएको हुनाले खाना छोडी लागियो साग सब्जिको हेम मार्केट तिर ।
यो बोस्तनको हेम मार्केट भन्ने ठाउमा शुक्रबार र शनिबारमा मात्र अस्थायी बेचबिखन हुदो रहेछ । हाम्रो नेपालको कालिमाटीको साग सब्जिको दोकान जस्तो भएपनी असाध्यै सस्तो र सागसब्जिको सम्पुर्ण परिकार सहित फलफुल हरु पनी पाईने हुनाले निकै भिड हुदो रहेछ ।
भाउज्युले फटाफट बार्केटीङ्ग गर्दै सामान छिन्दै दाई र महिले सामान लोड गर्यो। पाकिङ गर्ने ठाउ भने नभएको हुनाले दाईको छोराले गाडी घुमाउदै हामिले सपिङ गर्न सम्म पर्खिनुभयो । करिब डेढ सय डलरको जिपको पछाडीको डिग्गि फुल र पछाडी एक सिट भरि सामान कोच्नु कोच्यौ ।
अनि फर्कियौ रेष्टुरेन्ट तिर सामान छोडन र लन्च लिनको लागि ।

No comments: