Friday, September 5, 2008

Sister's Aparment

डाईनिङ्ग तेबल
लिबिङ्ग रुम
लिबिङ्ग रुमको कर्नर
किचन-१
किचन-२

सरद डायरी ।  बुधबार, भाद्र १८, २०६५

दिदि संग भलाकुसारि गर्दैमा बिहानको ३ बजिसकेको रहेछ । म पहिलो पटक अमेरिका आएको बेलामा बसेको कोठाबाट दिदि यो नया कोठामा सरेको करिब चार बर्ष भईसकेको रहेछ । उहाको काम पनि नजिकै भएको, कोठा पनि आफुलाई मन परेको र आर्थिक हिसाबले पनी रिजिनेबल भएको हुनाले ट्रेन स्टेशन बाट र आफन्त हरुको कोठाबाट टाढा भएपनि यहि कोठामै बस्ने गर्नुभएको रहेछ । नेपालि भाई बहिनिहरु रहेछन रुममेटहरु । यो अमेरिका भन्ने ठाउमा रुम सेयर गरेर बस्ने चलनचल्तिमा आएको हुनाले मान्छेहरु राम्रो चिनजान नभएपनि पहिलो चोटी भेटघाट को आधारमा पनि संगै बस्नु पर्ने बाध्यता रहेछ । दिदिले पनी यस बिषयमा मलाई सबै कुरा बताउनुभयो । दिदिले पुरानो काम छोडेर नया काममा जानको लागि तयारि गरिराखेको बेलामा २,३ ठाउबाट अफर आएको हुनाले कुन काम मा जाने भनेर दोधारमा हुनुभएको रहेछ । तर भोली देखी जाने भनेर थिक्क परेको काम बाहेकको कामबाट मेल आएको रहेछ जसरि भएपनी आईदिनुपर्यो भनेर । त्यहा कसरि आउदिन भन्ने भनेर, दिदिलाई निकै नै गारो भएको जस्तो छ ।

No comments: